मानव अधिकारवादी संस्थाहरुले राजावादीहरुको प्रदर्शनका क्रममा १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् ।
तीनकुने घटनामा प्रहरीले अत्यधिक बल प्रयोग गरेको विवरणहरु सार्वजनिक भएको भन्दै उनीहरुले त्यसमा गम्भीर चासोका साथ छानबिनको माग गरेका हुन् ।
जवाफदेहिता निगरानी समिति, एम्नेष्टी इन्टरनेशनल नेपाल, एड्भोकेसी फोरम नेपाल र न्याय तथा अधिकार संस्था(जुरी–नेपाल)ले संयुक्त विज्ञप्तिमार्फत न्यायिक जाँचबुझको माग गरेका छन् ।
घटनामा ५८ राउण्ड गोली चलेको, २० जनालाई गोली लागेको, गोलीकै कारण सविन महर्जनको ज्यान गएको, घाइतेमध्ये १३ जनाको उपचार भइरहेको विवरणमाथि उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
प्रहरीले तयार पारेको गोप्य प्रतिवेदन उदृत गर्दै सञ्चारमाध्यमहरुले करिव साढे ७ सय सेल अश्रुग्याँस प्रहार गरेको र १९८ राउन ब्ल्यांक राउण्ड फायर भएको विवरण सार्वजनिक भएको भन्दै उनीहरुले घातक हतियारहरुको प्रयोगमा समेत प्रश्न उठाएका छन् ।
एसएलआर र इन्सासजस्ता घातक हतियारको समेत प्रयोग भएको औल्याउदै उनीहरुले प्रहरीको बल प्रयोगमाथि प्रश्न उठाएका हुन् ।
‘घटनाका सम्बन्धमा उजागर हुँदै गएका तथ्यहरू हेर्दा प्रहरीबाट गरिएको बल प्रयोग ‘आवश्यक’ र ‘समानुपातिक’ थियो भनेर विश्वास गर्न र गृह प्रशासनलाई शंकाको सुविधा दिन सकिने अवस्था देखिँदैन ।’ उनीहरुले विज्ञप्तिमार्फत भनेका छन्,






















