साझेदारी गर्नुहोस्

अर्घाखाँचीमा गएराति जिप दुर्घटना हुँदा चालकसहित २ जनाको मृ’त्यु भएको छ।

मालारानी गाउँपालिका–३ ढुंगाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा गएराति करिब १२ बजेतिर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक जगन्नाथ अधिकारीले जानकारी दिए।

मृत्यु हुनेमा जिप चालक मालारानी गाउँपालिका- ४ का २२ वर्षीय दिलिप खनाल र सोही ठाउँका २१ वर्षीय बालकृष्ण रिजाल छन्।

घाइते दुई जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। त्यसमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।