काठमाडौँ, । इन्टरनेशनल सिङ्गर सङ राइटर्स एसोसिएसनको आयोजनामा अमेरिकाको एटलान्टामा आगामी अगष्ट २४ मा हुने सम्पन्न सातौ सस्करणको आइएसएसए( इसा) अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट प्रसिद्ध गीतकार लोकराज अधिकारी दुई बिधामा मनोनीत भएका छन ।
आयोजकले अप्रिल २ मा सार्बजनिक गरेको अमेरिका तर्फको विभिन्न २१ र अन्तर्राष्ट्रिय तर्फको २१ विधाको आधिकारिक मनोनयनमा नेपालबाट गीतकार अधिकारी अन्तर्राष्ट्रिय मनोनयन तर्फ बर्ष गीतकार पुरुष र म्युजिक भिडियो अफ द इयर गरि दुई बिधामा मनोनयनमा परेका हुन ।
गीतकार अधिकारीले लेखेको “जिन्दगानी के छ र” बोलको गीत बाट उक्त मनोनन परेको हो । गीतमा सिडि बिजय अधिकारीको स्वर र संगीत रहेको छ । भिडियोको निर्देशन बबिता श्रेष्ठ मलेकुले गरेकी हुन ।
अधिकारीसँगै गीतकार विधामा विश्वका विभिन्न देशका ६१ जना र म्युजिक भिडियो तर्फ ३६ जना मनोनयनमा परेका छन् । आयोजकले अप्रिल २ देखि नै इलेकट्रोनिक भोटिङ खुला गरेको छ ।
भोटिङ अप्रिल ३० सम्म गर्न पाइने छ । गत बर्ष पनि अन्तर्राष्ट्रिय गीतकार तर्फ मनोनयनमा परेका गीतकार अधिकारीले यश बर्ष आफ्नो गीत दुई बिधामा मनोनयन हुनुलाई अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपाली भाषी गीतकारको प्रतिनिधित्वका रूपमा लिएको बताएका छन ।
भोटिङबाट टप २० को छनोट हुने आयोजकले जनाएको छ । मे २ मा टप २० को घोषणा हुनेछ । गीतकार अधिकारीले देश विदेशबाट आफूलाई भोट गर्न सबैलाई आग्रह गरेका छन । पोहोर भोटिङ नपुगेर टप २० मा पर्न नसकेपनि यस बर्ष त्यो अबसर नेपाल र नेपालीका लागि जुरेको उनले बताए ।
भोटका लागि एउटा डिभाइसबाट दैनिक एक पटक भोट गर्न सकिने आयोजकले जनाएको छ । गीतकार अधिकारीका तिमीले पराई ठाने पछि, रुपै मोहनी, बाजा बजाउँदै, मर्छु बरु छट्पटीमालगायत गीत लोकप्रिय छन् ।
साथै यस बर्षको सुपरहिट चलचित्र अन्जिलामा पनि गीतकार अधिकारीले गीत लेखेका छन । “यो देशको झण्डा बिश्वसामु फहराउनु छ” बोलकोअन्जिलाको गीतमा हरि लम्सालको संगीत र बबिना किरातीको स्वर रहेको छ ।