साझेदारी गर्नुहोस्

हङकङ सिरिजको लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो। 

क्यानले शनिबार सार्वजनिक गरेको टिममा साहब आलम, नन्दन यादव र बसिर अहमदले राष्ट्रिय टिममा स्थान बनाएका छन्। त्यस्तै रिजन ढकाल पनि टिममा फर्किएका छन्। अप्रिल ९ देखि अप्रिल १३ सम्म हुने यस प्रतियोगितामा नेपालसहित चार टिमले भाग लिनेछन्। जसमा नेपाल,कुवेत,हङकङ र कतार रहनेछन्।

हङकङ टी-२० सिरिजका लागि नेपालको टिम:

रोहित पौडेल (कप्तान) आशिष शेख (विकेटकिपर), कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित राजबंशी, सोमपाल कामी, करण केसी, साहब आलम,नन्दन यादव, रिजन ढकाल र गुल्सन झा।