साझेदारी गर्नुहोस्

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सराेज गुरागाईंलाई कर्मचारी र वडाअध्यक्षहरूले उनको कार्यकक्षमा छिराएका छन् ।

मेयर बालेन्द्र साहले नगर प्रहरी राजुनाथ पाण्डेसहितलाई तैनाथ गरेर रोक्न खोजे पनि कर्मचारी र वडाध्यक्षहरूले पेलेर प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराएका हुन्।

करिब ३ महिनापछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय छिरेका हुन् । तर अझै पनि उनको कार्यक्षकको ताला भने खोलिएको छैन ।