दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि ब्याट्री–स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौँ उपत्यकाभरि पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू स्थापना गरेको छ । गोगोरोले आफ्नो प्रतिबद्धता अनुरुप स्मार्ट स्कुटरको बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो । सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्यमा यो एउटा महत्वपूर्ण उपलब्धि हो ।
सन् २०११ मा स्थापित गोगोरोले आफ्नो अग्रणी ब्याट्री–स्वापिङ नेटवर्कको साथ शहरी ऊर्जा वितरणलाई पुनः परिभाषित गरिरहेको छ। इनोभेसनको लागि विश्व प्रसिद्ध गोगोरोले आफ्नो स्मार्ट, स्यालेबल÷सस्टिनेबल मोबिलिटी समाधानहरूको साथ शहरी यातायातलाई रूपान्तरण गरेको छ । ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल, सिंगापुर र नेपालमा सञ्चालनमा आएको गोगोरोले इलेक्ट्रिक मोबिलिटी इनोभेसनको नेतृत्व गरिरहेको छ ।
स्मार्ट मोबिलिटीमा नयाँ युगको सुरुवात
रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरमा अवस्थित गोगोरोका ४५ स्वाप स्टेशनहरूले चार्जिङको लागि पर्खने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीहरूमा सजिलै पहुँच प्रदान गर्दछ । केवल ६ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताहरूले निर्बाध यात्राको आनन्द लिन सक्नेछन् ।
गोगोरो स्वाप स्टेशनका प्रमुख विशेषताहरू
रणनीतिक कभरेज
यात्रुहरूलाई सहज हुने गरी प्रमुख शहरी र आसपासका क्षेत्रहरूमा अवस्थित स्वाप स्टेशन,
२४÷७ उपलब्धता
स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालनमा रहने ।
सहज इन्टरफेस
पहिलो पटक प्रयोग गर्ने हरूका लागि पनि सहज र सरल ब्याट्रीस्वाप प्रणाली,
एडभान्स सुरक्षा तथा अनुगमन
रियल टाइम ब्याट्री हेल्थ निगरानी तथा अन्य सुरक्षा मापदण्ड,
स्क्यालबिटी
भविष्यमा बढ्दो मागलाई सहजै व्यवस्थापन गर्न सक्ने संरचना,
पावर व्यकअप
स्वाप स्टेशनहरूमा गोगोरो ब्याट्रीद्वारा संचालित ष्ल–दगष्तिग्एक् प्रणालीउपलब्ध छ, जसले ग्राहकहरूलाई बिजुलीअवरोधको अवस्थामा समेत ७ दिनसम्म सञ्चालन सुनिश्चितता गर्दछ ।
एआइ पावरेड
स्वापस्टेसनहरू प्रणालीद्वारा सञ्चालित हुन्छन्, जसलेब्याट्रीको स्वास्थ्य तथा प्रयोगकर्ताको माग अनुसार ब्याट्रीको उपलब्धता सुनिश्चित गर्दछ।