साझेदारी गर्नुहोस्

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ ।

महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा जरिवाना तोकेको छ। महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ ।

कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर – रु १ लाख

महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख

तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख

जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख

बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख

सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख

दमकल तोडफोड- रु १ लाख ३० हजार

तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड- रु ६३ हजार