साझेदारी गर्नुहोस्

सरकारले शुक्रबार तीनकुनेमा भएको प्रर्दशनलाई हिसांत्मक बनाउन पूर्व राजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै थुनामा पठाउने तयारी थालेको छ ।

प्रर्दशनकारीहरुलाई उत्तेजित बनाएर सरकारी तथा व्यक्तिको सम्पती तोडफोड र आगजनी गरेको आरोप सहित मुद्दा चलाउने तयारीमा रहेको सरकारले उनको राहदानी समेत रद्द गर्ने प्रक्रियामा छ ।

उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको आन्दोलन हिंसात्मक आन्दोलन भएको ठहर गर्दे उनलाई कारबाहीको दायरामा ल्याउने तयारी शुरु भएको हो । सरकारले छानबिन थालेपछि ज्ञानेन्द्र शाह विदेश भाग्ने योजना बनाएको सुचना पाएको भन्दै सरकारले उनको राहदानी समेत रद्द गर्न थालेको हो ।

राजावादीको आन्दोलन चर्किने संकेतपछि पूर्वराजा ज्ञानेन्द्रलाई कारवाही गर्न नेकपा एमाले र नेपाली काँग्रेससहितका सबै दल सहमत भएका छन । यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकाले उनको पासपोर्ट रद्द गर्न प्रक्रिया शुरु भएको हो । सरकारले ज्ञानेन्द्र शाहले पूर्वराजाको हैसियतमा पाएका सुविधा समेत कटौति गर्र्र्र्नै निर्णय हिजैको मन्त्रीपरिषद बैठकमा गरेको भएपनि त्यो सार्वजनिक भईसकेको छैन ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पक्राउ या नजरबन्द गर्न खोजिएको भन्दै विरोध गरेका छन्।