काठमाडौँको तीनकुनेमा प्रहरीले हवाई फायर गरेको छ। राजावादी समर्थकले व्यक्तिको घरमा आगजनी र ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो।
राजावादी समर्थकले तीनकुनेको घरमा लगाएको आगो निभाउन दमकल गएको छ। केहीबेरअघि दमकल सो क्षेत्रमा गएको हो। तर, दमकलमाथि समेत प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका छन्।
प्रशासनले राजावादी समर्थकका लागि तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने क्षेत्र छुट्याएको थियो। तर, सुरूदेखि नै उत्तेजित रहेका प्रदर्शनकारीले सडकमै प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए।