साझेदारी गर्नुहोस्

काठमाडौंको तीनकुनेस्थित एक घरमा आगजनी गरिएको छ । राजावादीहरूको प्रदर्शन बिथोलिएको केही समयपछि तीनकुने क्षेत्रमास्थित उक्त मार्बल हाउसमा आगजानी गरिएको हो ।

यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा सबैजसो फुटाइदिएका थिए ।

राजावादीको प्रदर्शनको समाचार ‘कभरेज’ गरिरहेका मिडियाहरूले सामाजिक सञ्जाल फेसबुकमा गरिरहेको ‘लाइभ’मा उक्त घरमा आगो लागेको देखिएको छ ।   आगजनी कसले गर्‍यो भन्ने खुलेको छैन ।