साझेदारी गर्नुहोस्

राजावादीको तीनकुनेको प्रदर्शन बिथोलिएको छ। प्रदर्शनकारीका लागि तोकिएको तीनकुने क्षेत्र तोडेर बानेश्वतर्फ अघि बढेको भीडले प्रहरीमाथि ढुंगामुढा गरेको थियो। त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई तितरवितर गर्न अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

‍प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दै प्रहरीमाथि ढुंगा हानेपछि तनावग्रस्त अवस्था बनेको हो।

घेरा तोडेर दुर्गा प्रसाईँको गाडी बानेश्वर्तफ बढेपछि त्यसलाई प्रहरीले रोकेको थियो। केहीबेर प्रसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।