प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । विपक्षी दलहरूसँग सहमति जुट्न नसकेपछि सभामुखले आइतबार (चैत १७ गते) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना टाँस गरिएको छ ।
सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरे पनि सहमति जुटेन ।
विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै सदन अवरोध गर्दै आइरहेका छन् । तर, प्रधानमन्त्री ओली जवाफ दिने पक्षमा छैनन्