साझेदारी गर्नुहोस्

धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले राजावादी र गणतन्त्रवादीप्रति कटाक्ष गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न र नेताहरूलाई ढुङ्गा बोक्न अनुरोध गरेका छन्।

मेयर राईले पूर्वराजा र नेताहरूले काम केही नगर्ने भन्दै टिप्पणी गरे।

उनले लेखेका छन्, ‘राजा आऊ बेस्सरी पाइप तानेर जाऊ ! नेता आऊ, रास रास ढुङ्गा बोकेर जाऊ ! काम चाहिँ गर्नु छैन… बात कर्ता है !’