साविक विजेता अर्जेन्टिना अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकप २०२६ मा छनोट भएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत ब्राजिललाई ४-१ ले हराउँदै अर्जेन्टिना विश्वकपमा छनौट भएको हो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका लागि म्याथुस चुन्हाले सान्त्वना गोल फर्काए ।
१० राष्ट्र सम्मिलित दक्षिण अमेरिकी छनोटबाट ६ टिम सिधै विश्वकपमा छनोट हुने व्यवस्था छ ।छनोटमा १३ खेल खेल्दा अर्जेन्टिना २८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको टिममाथि अर्जेन्टिनाले ६ अंकको अग्रता बनाएको छ ।
साविक विजेता समेत रहेको अर्जेन्टिना अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपको लागि छनोट हुने पहिलो दक्षिण अमेरिकन टिम समेत बनेको छ ।
अहिले छनोट अन्तर्गत अर्जेन्टिनाले ब्राजलिसँग खेलिरहेको छ ।तीन आयोजकसहित अहिलेसम्म ७ टोली विश्वकपमा स्थान बनाइसकेका छन् । एसियाबाट जापान र इरान तथा ओसियानाबाट न्युजिल्याण्ड छनोट भएका हुन् ।