विद्युतीय गाडीमा चासाे राख्नेहरूले पर्खिरहेकाे क्रेटा इभीकाे ग्रान्ड लञ्च भएकाे छ ।
नेपाली बजारमा बढ्दो चिनियाँ ब्रान्डलाई टक्कर दिनेगरी हुन्डाईले क्रेटा ईभी सार्वजनिक गरेको हाे ।
नेपालमा हुन्डाईका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईले नेपालमै बनेकाे पेट्रोल इन्जिनको गाडीमा तुलनामा २ लाख सस्तोमा गाडी ल्याएको छ।
६ एयरब्याग सहित क्रेटा इभी ल्याएको छ। एबिएससंगै ईबिडी, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इन्डिकेटर विथ फ्यास एडजस्टमेन्ट, ईपीबीसंगै अटो होल्ड, लेभल २ को एडास फिचर्स छ। एफआर क्यामेरा, एफआर रडार र आरआर रडार छन्।
क्रेटाकाे शुरूवाती मूल्य ५१ लाख ९६ हार रहेकाे छ। प्रिमियमकाे ५९ लाख ९६ हजार छ।
नेपाली बजारमा १० वर्षअघि सार्वजनिक गरी १० हजार बढी क्रेटा विक्री गरेको हुन्डाईले ईभीमा आक्रमक बजार लिने अपेक्षा गरेका छन्।
नेपालमा क्रेटा २०७२ भदौमा लञ्च गरिएको थियो। हुन्डाईका मोडल मध्ये नेपालमा धेरै बिक्री हुनेमा क्रेटा एसयूभी पर्छ। कम्पनीले नेपालमा विद्युतीय क्रेटा सार्वजनिक भएसँगै ‘मास प्रोडक्ट’ हुने दाबी गरेको छ।