इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै बैंगलुरुले विजयी सुरुवात गरेको हो । कोलकाताले दिएको १७५ रनको लक्ष्य बैंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाए पूरा गर्यो ।
बैंगलुरुका लागि विराट कोहली र फिल साल्टले अर्धशतक प्रहार गरे । ३६ बलको सामना गरेका कोहलीले ३ छक्का र ४ चौकासहित ५९ रन बनाए । त्यस्तै साल्टले ३१ बलमा ९ चौका र २ छक्कासहित ५६ रनको योगदान दिए । कप्तान रजत पाटीदारले १६ बलमा ३४ रन बनाए ।
बलिङतर्फ कोलकाताका वैभव अरोरा,वरुण चक्रवर्ती, सुनिल नारायणले एक एक विकेट लिए ।
त्यसअघि कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाता निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो ।






















