काठमाडौं – नेपाली संगीत क्षेत्रलाई समृद्ध बनाउने क्रममा नयाँ गीत ‘संसार सारा’ सार्वजनिक भएको छ। गायिका रोजिना बस्नेत र गायक दिनेश भुजेलको सुमधुर आवाजमा सजिएको यस गीतले प्रेम, भावना र संवेदनशीलता अभिव्यक्त गरेको छ।
गीतमा प्रमोद भण्डारीको शब्द रचना रहेको छ । जहाँ उनले शब्दहरू मार्फत प्रेमका गहिरा भावहरू उजागर गरेका छन् । नवीन कार्कीको सङ्गीत र विशाल निरौलाको सङ्गीत संयोजनले गीतलाई थप कर्णप्रिय बनाएको छ। साथै, रञ्जन राईले गीतको मिक्सिङ तथा मास्टरिङ गरी यसको गुणस्तरलाई उच्च बनाएका छन्।
गीतको भिडियो पनि उत्कृष्ट रूपमा तयार पारिएको छ। भिडियोमा सुष्मा श्रेष्ठ र दिनेश भुजेलको सशक्त अभिनय रहेको छ। प्रेम र भावनात्मक संघर्षलाई प्रभावशाली ढंगले प्रस्तुत गर्ने दृश्यहरूले दर्शकको मन छुने अपेक्षा गरिएको छ। भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन्ज । जहाँ उनले गीतको भावनालाई जीवन्त बनाएका छन्।
संगीतप्रेमीहरूका लागि ‘संसार सारा’ एक विशेष उपहार बन्ने विश्वास गरिएको छ। यो गीतले श्रोता तथा दर्शकको मन जित्न सफल हुन्छ या हुँदैन, त्यो समयले बताउनेछ।
link ️