केटा: जस्तो पहराको फूल, लहराको सिमी,
देउरालीको कसम, माया, कत्ति राम्री तिमी !
केटी: जस्तो सिर-सिर हावा, मग-मग जिमी,
देउरालीको कसम, माया, कत्ति राम्रो तिमी !
दुवै: देउरालीको कसम, माया, मनले खा’को तिमी !
केटा: दुनियाँले चर्चा गर्ने सम्पत्ति र जोबन,
केटी: सञ्चो अनि खुशी पनि चाह गर्छ यो मन !
केटा: जस्तो बैँशको बेला मिठो, ऐशको रिमिझिमी,
देउरालीको कसम, माया, कत्ति राम्रो तिमी !
केटी: जस्तो कावा खाँदा चीलको गति पर्छ धिमी,
देउरालीको कसम, माया, कत्ति राम्रो तिमी !
दुवै: देउरालीको कसम मेरो मनले खा’को तिमी !
केटा: चाहिन्छ रे जिन्दगीमा सपनाको बल,
केटी: समझ अनि विश्वासमा माया हल-हल !
केटा: जस्तो तालमा माल छ फेवा, पखेरुमा लिमी,
देउरालीको कसम, माया, कत्ति राम्री तिमी !
केटी: जस्तो ओरालीमा जडी, उकालीमा ठिमी,
देउरालीको कसम, माया, कत्ति राम्रो तिमी !
दुवै: देउरालीको कसम मेरो मनले खा’को तिमी !
( नारायण नेपाल, सुनसरी/काठमाण्डु )