साझेदारी गर्नुहोस्

आज सुनको मूल्यले अहिलेसम्मकै महँगो कीर्तिमान बनाएको छ। चाँदीको मूल्य पनि आज उच्च वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँ बढेको हो। सुनको मूल्य आज एक लाख ७४ हजार पाँचसय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

हिजो सुनको मूल्य तोलाको एकलाख ७० हजार पाँचसय रुपैयाँ थियो।