साझेदारी गर्नुहोस्

स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला एक लाख ६९ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।