नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ
। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ ७० पैसा र बिक्रीदर १३९ रुपियाँ ३० पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिदर १५० रुपियाँ ४९ पैसा र बिक्रीदर १५१ रुपियाँ १४ पैसा,
युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपियाँ १७ पैसा र बिक्रीदर १७९ रुपियाँ ९५ पैसा,
स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपियाँ ७६ पैसा र बिक्रीदर १५८ रुपियाँ ४४ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ४० पैसा र बिक्रीदर ८७ रुपियाँ ७८ पैसा,
क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ ९१ पैसा र बिक्रीदर ९७ रुपियाँ ३३ पैसा,
सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ २७ पैसा र बिक्रीदर १०४ रुपियाँ ७२ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिदर नौ रुपियाँ ४० पैसा र बिक्रीदर नौ रुपियाँ ४४ पैसा,
चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ १७ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा,
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९७ पैसा र बिक्रीदर ३७ रुपियाँ १३ पैसा,
कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा कायम भएको छ।
थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा,
युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७६ पैसा र बिक्रीदर ३७ रुपियाँ ९३ पैसा,
मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४२ पैसा र बिक्रीदर ३१ रुपियाँ ५५ पैसा,
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा,
स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ७२ पैसा र बिक्रीदर १३ रुपियाँ ७८ पैसा
डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ १८ पैसा र बिक्रीदर २० रुपियाँ २६ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपियाँ ८५ पैसा र बिक्रीदर १७ रुपियाँ ९२ पैसा,
कुवेती दिनार एकको खरिददर ४५० रुपियाँ २५ पैसा र बिक्रीदर ४५२ रुपियाँ २० पैसा,
बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ ९२ पैसा र बिक्रीदर ३६९ रुपियाँ ५१ पैसा,
ओमनी रियाल एकको खरिददर ३६० रुयैयाँ २७ पैसा र बिक्रीदर ३६१ रुपियाँ ८३ पैसा रहेको छ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ






















