साझेदारी गर्नुहोस्

एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा उक्लने क्रममा एट्लेटिको म्याड्रिडले शनिबार राति एथलेटिक क्लबलाई १-० ले हराएको हो।

पहिलो हाफ गोल रहित बराबरी खेलेको म्याड्रिडलाई जित दिलाउने क्रममा जुलियन अल्भारेजले सिजनको व्यक्तिगत १० औँ गोल गरे। उनले खेलको ६६ औँ मिनेटमा मार्कोस लोरेन्टेले उपलब्ध गराएको बललाई शानदार ढङ्गले गोलमा परिणत गरेका थिए।

एट्लेटिको जित सहित शीर्ष स्थानमा उक्लनु केही समय अघि रियल म्याड्रिडले हारको सामना गरेको थियो। स्पेनिस ला लिगाका अन्य खेलमा गिरोना र सेल्टा भिगो बिच २-२ गोलको बराबरी भयो भने रायो भल्कानो र सेभियालेसमेत १-१ को बराबरी खेले।

शीर्ष स्थानको एट्लेटिकोको ५६ अंक छ। बार्सिलोना र रियल म्याड्रिडको ५४ अंक छ। बार्सिलोनाले एक खेल कम खेलेको छ। एथलेटिक क्लब भने ४८ अंकसहित चौथो स्थानमा छ।