साझेदारी गर्नुहोस्

नेपालको काठमाण्डौ लगायत देशका पूर्वी तथा पश्चिमी भागमा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ ।

रातको २ बजेर ५१ मिनेटमा नेपालको सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का ६.१ रेक्टर स्केल मापन गरिएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार शक्तिशाली भूकम्पको धक्का नेपाल सहित भारत र चीनको सिमाक्षेत्रमा समेत महशुस गरिएको छ । मध्येरातमा गएको भूकम्पको ठुलो धक्काका कारण भौतिक क्षतिको अनुमान गरिएपनि अहिलेसम्म यसको यकिन बिवरण प्राप्त भएको छैन ।

भूकम्पका कारण काठमाण्डौ, पोखरा लगायतका मुख्य शहरमा केहि स्थानीय त्रासले घरबाहिर समेत निस्किएका थिए ।