साझेदारी गर्नुहोस्

लगातार दुई खेलमा पराजित भएसँगै इंग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट एक खेल बाँकी हुँदै बाहिरिएको छ । गएराति लाहोरमा भएको अफगानिस्तानसँगको खेलमा ८ रनले पराजित भएसँगै इंग्ल्यान्डको दोस्रो चरण प्रवेशको सम्भावना सकिएको हो ।

टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानका लागि इब्राहिम जाद्रानले १४६ बलमा १७७ रनको पारी खेले । सानदार र ऐतिहासिक शतकका लागि उनले १२ चौका र ६ छक्का हिर्काए । उनको सनसनीपूर्ण शतकका साथमा अफगानिस्तानले ७ विकेटको क्षतिमा इंग्ल्यान्डलाई ३२६ रनको चुनौती दिएको थियो ।

अफगानिस्तानविरुद्ध इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले तीन विकेट हात पार्दा लियाम लिभिङस्टोनले दुई विकेट लिए।

अफगानिस्तानविरुद्ध इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले तीन विकेट हात पार्दा लियाम लिभिङस्टोनले दुई विकेट लिए।

रोचक र सनसनीपूर्ण बनेको खेलमा जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डका लागि जो रुटले शतकीय पारी खेले । उनले १११ बलको सामना गर्दै ११ चौका र १ छक्काको मद्दतमा १२० रन बनाए । त्यो अफगानिस्तानविरुद्ध जितका लागि पर्याप्त भएन । इंग्ल्यान्डको मध्यक्रम चल्न नसक्दा अफगानिस्तानसँग पराजित भएको हो ।