साझेदारी गर्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन्।

यसलाई ५० लाख डलरमा किन्न सकिने छ। ट्रम्पले यसलाई अमेरिकी नागरिकता पाउने बाटोको रूपमा वर्णन गरेका छन्।

अमेरिकी राष्ट्रपतिले ‘ट्रम्प गोल्ड कार्ड’ लाई इबी-५ भिसा कार्यक्रमको विकल्पको रूपमा वर्णन गर्दै भविष्यमा १० लाख गोल्ड कार्डहरू बेचिने बताए। उनले यो पहलले राष्ट्रिय ऋण चाँडै चुक्ता गर्न सक्ने पनि दाबी गरे।