नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन्।
कांग्रेसको राप्ती सोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उद्घाटन गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन्।
नेता डा.कोइरालाले भने, ‘ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस्।’
उनले सबै तहका कांग्रेस कार्यकर्ताहरूलाई पार्टीको विधान अनुसार अघि बढ्न निर्देशन समेत दिए।
व्यक्ति बलियो होइन, संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहमा रहेका नेता डा. कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताए।






















