शुभमन गिलको नटआउट शतक र मोहम्मद शामीको विकेटको मद्दतमा भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ।
युएईमा बिहीवार बंगलादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ यात्रा सुरु गरेको हो। २ सय २९ रनको लक्ष्य भारतले ४६.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
१ सय ४४ रन जोड्दा चौथो विकेट गुमाउँदै दबाबमा परेको भारतलाई ओपनर गिल र केएल राहुलले सम्हाले । १ सय २९ बल खेलेका गिलले ९ चौथो र २ छक्का प्रहार गर्दै नटआउट १०१ रन बनाए । राहुल ४१ रनमा नटआउट रहे।
अर्का ओपनर तथा कप्तान रोहित शर्माले ३६ बलमा ७ चौकासहित ४१ रन, विराट कोहलीले २२, श्रेया ऐयरले १५, अक्षर पटेलले ८ रन बनाए ।






















