पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको रिट निवेदनमा सुरुवाइ गर्दै अदालतले प्रदर्शन तयारीमा रहेको फिल्मको प्रचारप्रसार नगर्न अन्तरिम आदेश दिएको हो।
उच्च अदालत पाटका न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो। आदेशमा सामाजिक संजाल र संचारमाध्यममा कतै पनि प्रचार प्रसार नगर्न र नगराउन भनिएको छ।
आलमले चलचित्रमा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल, शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिएको भन्दै त्यसलाई रोक्न रिट निवेदन दिएका थिए।






















