साझेदारी गर्नुहोस्

कन्सल्टेन्सीहरुमा आफ्नो अलग पहिचान कायम गर्न सफल स्टेरवे एजुकेशनल सर्भिसेजले शाखा कार्यालय संचालनमा ल्याएको छ ।

फेब्रुअरी १४ अर्थात् भ्यालेटाइन्स डे का अवसर पारेर स्टेरवे एजुकेशनल सर्भिसेजले चावहिलमा अर्को शाखा संचालनमा ल्याएको हो ।

आफ्ना विद्यार्थीहरुलाई सहज रुपमा सम्पूर्ण शैक्षिक सुविधाहरु उपलब्ध होस् भन्ने उद्देश्यका साथ शाखा सुरुवात गरिएको स्टेरवे एजुकेशनल सर्भिसेज, चावहिल, काठमाडौंका प्रबन्ध निर्देशक राजी थापाले बताउनुभयो ।

प्रधान कार्यालय चावहिलमै रहेको स्टेरवे कन्सल्टेन्सीको नयाँ शाखाबाट काउन्सिलिङ्ग, टेस्ट प्रिपेरेसन लगायतका सबै सुविधाहरु उपलब्ध गराइएको छ ।

कन्सल्टेन्सीले एशियाली जापान, युरोपेली मुलुकहरु, अमेरिका, अष्ट्रेलिया, यूके अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दे सम्पूर्ण शैक्षिक सुविधाहरु प्रदान गर्दै आएको छ ।

स्टेरवे एजुकेशनल सर्भिसेजका प्रबन्ध निर्देशक राजी थापाले भन्नुभयो,’ प्रेम दिवस अर्थात् भ्यालेटाइन्स डे का अवसर पारेर हामीले चावहिलमै अर्को शाखा संचालनमा ल्याएका हौं, संचालनमा ल्याइएको यस शाखाबाट विद्यार्थीहरुलाई थप सहज हुने विश्वास लिएका छौं ।’