सेलेना गोमेजको इन्स्टाग्राम अकाउन्टबाट एकाएक सात लाख फलोअर्स घटेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीमाथिको कारवाहीलाई तीव्र तुल्याएपछि केही दिनअघि सेलेनाले ट्रम्पको विरोध गर्दै इन्स्टाग्राममा एक भिडियो पोष्ट गरेकी थिइन्।
सेलेनाले ट्रम्पको यो कार्यका कारण आफ्ना साथीहरूमाथि आक्रमण भइरहेको भन्दै दुःख व्यक्त गरेकी थिइन्। उनले रुँदै ‘मेरा सबै मानिसमाथि आक्रमण भइरहेको छ र त्यसमा बालबालिकालाई समेत छन्।
म धेरै दुःखी छु, म केही गर्न चाहन्छु, तर सक्दिन। के गर्ने पनि थाहा छैन। तर म सक्दो प्रयास गर्ने प्रतिज्ञा गर्छु’ भनेकी थिइन्। सो भिडियो उनले हटाइसकेकी छन्। मेक्सिकन झण्डाको इमोजी र मलाई माफ गर्नुहोस् शीर्षकमा राखिएको सो भिडियो निकै भाइरल भएको थियो।






















