पोखरा भ्रमण वर्ष २९२५ को उद्घाटनका क्रममा उडाउन राखिएको बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्।
उद्घाटनका क्रममा उडाउन लागिएको बेलुन पड्केपछि मेयर आचार्यको गालामा सामान्य चोट लागेको छ।
उनलाई उपचारको लागि यहाँको फिस्टेल अस्पताल लगिएको छ।
बेलुन पड्कने बेला अर्थमन्त्री पौडेल पनि मञ्चमै थिए।पौडेल पनि सामान्य घाइते भएका छन्।
अटोमेटिक स्विच थिचेपछि बलेको बत्तिको ज्वाला हाइड्रोजन भरिएको बेलुनमा पुग्दा विस्फोट भएको हो ।