साझेदारी गर्नुहोस्

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले आफ्नो अनुपस्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले गरेको सहमति मान्य नहुने बताएका छन्।

ट्रम्प र पुटिनले फोन वार्तामा युद्ध विरामको नजिक पुगेको भन्दै युक्रेनलाई नाटोको सदस्यता व्यवहारिक नहुने कुरामा जोड दिएका थिए।

त्यसलगत्तै जेलेन्सकीको यस्तो भनाइ सार्वजनिक भएको हो। ‘एउटा स्वतन्त्र राष्ट्र भएका कारण यो मान्न हुँदैन,’ जेलेन्सकीले भनेका छन्। एक दिन अघि अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँगको फोन वार्ता गरेका थिए। वार्तापछि ट्रम्पले युक्रेनको भू–भाग सन् २०१४ कै अवस्थामा नहुनेसमेत बताएका थिए।

ट्रम्पले शुक्रवार म्युनिखमा अमेरिका, युक्रेन र रुसको बिचमा उच्च पदस्थ सुरक्षा सम्मेलनको पनि आह्वान गरेका छन्। जेलेन्सकीले त्यो बैठकमा कुन देशबाट को जाने भन्ने पनि यकिन नभएको बताए।