साझेदारी गर्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस नेपाली राजनीतिको विश्वविद्यालय भएको बताएका छन्।
सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कांग्रेस पछिल्लो पुस्ताका लागि लोकतन्त्रको पहरेदार शक्तिको रुपमा सधैँ स्थापित हुनुपर्ने मन्त्री पौडेलले बताए।

कांग्रेस महाधिवेशन ०८४ पछि सार्ने अधिकार कसैलाई छैन : मन्त्री पौडेल

मन्त्री पौडेलले कांग्रेसको महाधिवेशन ०८४ पछि गरेर पार्टीमाथि वैधानिक संकट पार्ने अधिकार कसैलाई नभएको बताए ।
उनले ०८४ भन्दा पछाडि अधिवेशन गर्दा पार्टीको वैधानिक संकट पैदा हुने दाबी गरे।
पौडेलले कुनैपनि तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि अधिवेशन सम्पन्न हुनु नै सबैभन्दा राम्रो रहेको बताए। ०८४ मा अधिवेशन पुर्याउने अधिकार कसैलाई नरहेको उनको भनाइ थियो।

उनले भने, ‘०८४ अधिवेशन पुर्‍याउने अधिकार कसैलाई छैन। यो पार्टी हामी मात्रै सत्तामा बस्नका लागि होइन। पछिल्लो पुस्ताका लागि लोकतन्त्रको पहरेदार शक्तिको रुपमा सधैँ स्थापित हुनुपर्छ। ०८३ सालभित्रै अधिवेशन हुन्छ।’