साझेदारी गर्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ तर मृत्युको विवरण खुलेको छैन। रियल स्टेट कारोबारी रोबर्ट पछिल्लो समय न्यूयोर्कस्थित एक अस्पतालमा उपचार गराउदै आएका थिए। ७१ बर्षीय रोबर्टको उपचारकै क्रममा शनिबार राती मृत्यु भएको ट्रम्प स्वयंले पुष्टि गरेका छन् । ट्रम्पले निक्कै ठुलो खेद व्यक्त गरेका छन्।