साझेदारी गर्नुहोस्

फिल्म ‘एक्टर: टेक वन’ बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री दिव्या रायमाझीले नयाँ फिल्म साइन गरेकी छन्।

उनले फिल्म ‘माया प्रीति’ साइन गरेकी हुन्। यस फिल्ममा उनको मुख्य भूमिका रहनेछ। निर्माणधीन यस फिल्मका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधवार उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेका हुन्।

रोमान्टिक कमेडी फिल्मलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन्। श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्त्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ। श्रेष्ठले यस फिल्ममार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन्।