साझेदारी गर्नुहोस्

गत वैशाखमा मात्र बाग्लुङका विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी गायिका एलिना चौहान पतिसँग सँगै बस्न नसक्ने अवस्थामा पुगेको भन्दै सम्बन्ध विच्छेदका लागि अदालतमा फिराद दिन पुगेकी छन्।

अस्ट्रेलिया बस्ने सापकोटासँग विवाह गरेपछि एलिना पनि अस्ट्रेलिया नै पुगेकी थिइन्। सुरूका केही दिन उनले सामाजिक सञ्जालमा रोमान्टिक तस्बिर तथा अनुभूतिहरू पोस्ट गरिरहेकी थिइन्। पछि गएर भने श्रीमानबाट पीडित हुन थालेको गुनासो गर्न थालेकी थिइन्।

काठमाडौँ जिल्ला अदालतमा दायर फिरादपत्रमा उनले पतिबाट कुनै अंश दाबी नगर्ने र आफूसँग भएको गरगहना तथा धनसम्पत्ति पनि नदिने उल्लेख गरेकी छन्।