साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन्।

शुक्रबार मध्याह्न सिंहदरबार पुगेर लामिछानेले सभामुख घिमिरेलाई भेटेका हुन्। भेटमा रास्वपाका सांसदहरू पनि सहभागी थिए।

भेटमा आफ्नो सांसद पद निलम्बनबारे लामिछानेले सभामुखको ध्यानाकर्षण गराएका थिए।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वत: निलम्बनमा परेको थियो। त्यसको सूचना संसद सचिवालयले माघ ८ गते प्रकाशित गरेको थियो।