साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । ‘अहिले केही बेरमा सभापतिज्यूले सभामुखसँग भेटवार्ता गर्दै हुनुहुन्छ’, रास्वपा कार्यवाहक प्रवक्ता प्रतिभा रावलले भनिन्, ‘भेटमा समसामयिक विषयमा कुराकानी हुनेछ ।’

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो । रास्वपाले लामिछानेविरुद्ध प्रतिशोध साँधेको आरोप लगाउँदै आएको छ ।