साझेदारी गर्नुहोस्

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित सिद्धिचरण राजमार्गमा टाटा सुमो दुर्घटना भएको छ । बिरामी बोकेर खोटाङको दिक्तेदबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुइँटेलले जानकारी दिए ।

मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा सुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेका छन् ।

छोरा सुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथ लिएर खोटाङबाट काठमाडौं जाँदै गरेको अवस्थामा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण संकलनको कार्य भइरहेको उनले बताए ।