पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी आशिका तामाङ धरौटीमा छुटेलगत्तै पक्राउ परेकी छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सोमबार १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै आशिकालाई भक्तपुर प्रहरीले पक्राउ गरेर लगेको हो ।

गत माघ २ मा अभद्र व्यवहार मुद्दामा स्वयम्भूबाट पक्राउ परेकी उनलाई गौशाला प्रहरी बृत्तमा राखेर मुद्दा अघि बढाइएको थियो । उक्त मुद्दामा काठमाडौंका प्रजिअ तिवारीले धरौटीमा छाडे पनि भक्तपुरमा अर्को मुद्दा चलाउन पक्राउ गरिएको हो ।

आशिकाले काठमाडौंमा धरौटी बुझाएपछि भक्तपुर पठाइएको हो । आशिका पुस अन्तिममा पशुपति क्षेत्र विकास कोषका करार कर्मचारीबारे गौशाला बृत्तका डीएसपी शुकदेव खनालसहितका प्रहरीसँग भनाभनमा उत्रिउकी थिइन् ।