नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अझै कम्युनिष्ट पार्टीको जनतामा राम्रो प्रभाव रहेको बताउनुभयो । उहाँले अहिले कम्युनिष्ट पार्टीप्रति मात्रै नभइ सिंगो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था बनेको बताउनुभयो ।
उहाँले कम्युनिष्ट पार्टी एकतावद्ध भएर अगाडि बढेको भए र कम्युनिष्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको देशमा अचम्मको परिवर्तन गर्नसक्ने अवस्था रहेको बताउनुभयो । देश संकटमा परेको बेलामा कम्युनिष्ट पार्टीको आवश्यक हुने बताउनुभयो ।
अध्यक्ष नेपालले राजनीतिक दल र सरकारले जनताका समस्या समाधान गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो ।