साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्नेछ ।

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, संसद्‌मा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

संसद् बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।