साझेदारी गर्नुहोस्

चितवनको भरतपुर महानगरपालिका बाइबास रोडमा युवकमाथि निर्घात कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) निलम्बित भएका छन्।

भिडिओ सार्वजनिक भएपछि छानविन गरेर कटनामा संलग्न अस्थाई प्रहरी बिट गणेशस्थान भरतपुरमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको छ।

घटना पुस १५ गते राति १०ः १० बजेको भएको पुष्टि भएको छ। सेतो सर्ट र कालो पाइन्ट लगाएका अन्दाजी २५ वर्षका एक युवकलाई प्रहरीले निर्घात कुटपिटको भिडियोमा देखिन्छ।

घटनाको छानविन गर्न सोमबार बिहान मात्रै डएिसपी महतोकै नेतृत्वमा समिति बनाइएको थियो।