सगरमाथा आधार शिविरबाट फर्किँदा लडेर भीडमा फसेका जर्मन नागरिकको उद्धार भएको छ।
सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-३ टोकटोक र बैंकरबीचको जंगलमा भीडमा चिप्लिएर फसेका जर्मन नागरिकको उद्धार भएको हो।
४१ वर्षीय जर्मन नागरिक माइकल हेन्रिक आधार शिविरबाट लुक्ला तर्फ फर्किँदै थिए।
बिहीबार बाटो बिर्सिएर खच्चड हिँड्ने पुरानो बाटो हुँदै फर्किनेक्रममा चिप्लिएर भीरमा अल्झिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। उनी सडकबाट अन्दाजी ६ मिटर तल खसेका थिए।
प्रहरी चौकी नाचिपाङ (फाग्दिन) बाट प्रहरी टोली र स्थानीयको सहयोगमा उनलाई उद्दार गरिएको हो। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।