पूर्व उपप्रधान तथां गृहमन्त्री भीम रावलले पार्टी निर्माण प्रक्रिया अघि बढाएका छन ।
नेकपा एमालेबाट निस्कासित भएपछि पत्रकार सम्मेलन गरी अलग्गै पार्टी बनाउने घोषणा गरेका रावलले बिहीबार सामाजिक सञ्जालामा पार्टीको अवधारणा र संरचना सार्वजनिक गरेका छन् ।
सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ ।
सार्वजनिक अवधारणापत्र अनुसार वडा, पालिका , प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने हुनेछ । तह अनुसारको भेला गरी त्यसै अनुसार संगठनको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् ।
त्यो भन्दा बढी भएमा सम्बन्धित तहको तदर्थ परिषद् गठन गर्ने व्यवस्था पनि सार्वजनिक गरेका छन् । उनले आर्थिक संकलनलाई पनि अघि बढाउने छन् । दल दर्ता नहुँदासम्म संयोजक र सदस्य सचिवको हस्ताक्षर चल्ने गरी बैंकमा खाता खोल्ने पनि उनले जानकारी दिएका छन् ।