काठमाडौं: फास्ट फुड एशोसिएशन नेपाल केन्द्रको नयाँ केन्द्रीय समिति चयन भएको छ ।
सोमबार केन्द्रको ८ औं राष्ट्रिय अधिवेशन भएको हो ।
अधिवेशनबाट अध्यक्ष होम बहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षद्वय रामकाजि भण्डारी र नवीन श्रेष्ठ रहेका छन् भने महासचिवमा राकेश श्रेष्ठ, सचिवद्वय भिम प्रसाद आरण, कुमार भन्डारी, कोषाध्यक्ष टेक बहादुर श्रेष्ठ रहेका छन् । सदस्य रबिन्द्र भण्डारी, गोपाल श्रेष्ठ, लक्ष्मि श्रेष्ठ, सुभाष श्रेष्ठ, महेन्द्र श्रेष्ठ, तुलसि श्रेष्ठ रहेका छन्।