शपथ लिए लगत्तै सिंहदरबारमा नयाँ मन्त्रीले पदभार ग्रहण गरे । उनीहरुको धुमधाम स्वागत भयो । तर अरुको धुमधाम स्वागत हुँदा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी भने मन्त्रालयभित्रै नपसी फर्कनुपरेको छ । अन्य मन्त्रालयमा मन्त्रीको स्वागतका लागि कर्मचारी पुष्पगुच्छासहित लाइन लागेर बसिरहेका बेला मन्त्री अधिकारी भने कर्मचारी आन्दोलनका कारण रोकिनु पर्यो ।
उनले केहीबेर कर्मचारीको कुरा सुने । र, प्रधानमन्त्री कार्यालयतर्फ लागे । जाँदा जाँदै उनले भने, ‘अहिले क्याबिनेट बस्दैछ । तपाईंहरुका समस्याहरु मैले सुनेँ । तर यसलाई राम्रो ढंगबाट अध्ययन गरेर निर्णय लिनेछु । पहिलो प्राथमिकतामा राखेर यो म अध्ययन गर्नेछु । केही समय दिनुस्, समस्याको समाधान गर्न म तयार छु । समय दिनुस्, साथमा म रहनेछु ।’ मन्त्रालयका राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिक मूलगेटमै धर्ना बसेका छन् ।