साझेदारी गर्नुहोस्

परराष्ट्रमन्त्री आरजु राणा देउवाले सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी छन् । कालापानी, लिम्पियाधुरा र लिपुलेकको समस्या कसरी समाधान गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समस्या समाधान गर्न सकिने बताइन् । उनले आफू जादु र चटकमा विश्वास नगर्ने भन्दै भूराजनीतिक विषय जटिल हुने धारणा राखिन् । मन्त्री राणाले विदेशमा बसोबास गर्ने नेपालीका लागि धेरै काम गर्न आवश्यक रहेको बताइन् ।