नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर सन्तुलित ढंगले अगाडि बढाउने बताएका छन् । सोमबार उपप्रधानसहित अर्थमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा सिंहदरबारमा पौडेलले यस्तो बताएका हुन् ।
पौडेल अर्थमन्त्री हुने चर्चाबीच पछिल्ला दिन सेयर बजार बढिरहेको छ । यस्तोमा उनले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर अघि बढ्ने बताएका हुन् । उनले सरकारको कार्यक्रम लागू गर्ने क्रममा बजेट बाधक नबन्ने पनि बताएका छन् । पौडेलले निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी सरकारले आफ्ना काम अघि बढाउने पनि बताए ।