स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहणका क्रममा राष्ट्रिय क्यासर रोग निवारण रणनीति स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रोग निवारणका लागि रणनीति स्वीकृत गरेका हुन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट पदमा प्रतिनिधिसभामा निर्वाचिन पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका हुन् ।
उनले स्वास्थ्य क्षेत्रको राजनीतिक र सैद्धान्तिक पक्षबारेमा प्रशस्त जानकारी नभएको हुन सक्ने बताउँदै काम गरिरहेका, काम गरिसकेका र विज्ञहरुसँग मिलेर तात्कालीन कार्यक्रम र दीर्घकालीन कार्यक्रम बनाइने बताए ।
पौडेलले एक हप्ताभित्र तत्काल के गर्ने र दीर्घकालमा के गर्ने भन्ने खाका ल्याउने बताए । एक महिना, तीन महिना, छ महिना र एक वर्षभित्र गर्ने कामको वर्गीकरण गरिने उनले बताए । पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा लाइन लाग्ने अवस्थामा सुधार गर्ने पनि बताएका छन्। उनले कुराभन्दा काम गर्न आफू आएको बताए।